ट्राफिक प्रहरीद्वारा जोर विजोर प्रणालीमा कडाई

ट्राफिक प्रहरीद्वारा जोर विजोर प्रणालीमा कडाई

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, १३ असोज ।

इन्धन अभावलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले जोर विजोर प्रणालीलाई कडाई साथ लागू गरेको छ ।

भारत सरकारले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव हुन थालेपछि कडाइ गर्न थालेको महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

उहाका अनुसार अस्पताल, पर्यटक, विद्यालय, सञ्चार गृह, दूध, खानेपानी, खाद्यान्न लगायतका सवारी साधनबाहेक अरु साधनलाई कडा गरीएको छ । ट्राफिक प्रहरीले आवश्यक कानुन नमाने कडा कारबाही गर्ने पनि जनाएको छ ।

प्रहरी उपरीक्षक पोखरेलले बाहिरी जिल्लाबाट तेल भरेर काठमाडौँ भित्रिएका सवारी साधनलाई भने कारबाही नगरिएको बताउनुभयो । उहाँले सरकारले जोरविजोर प्रणाली लागू गरेपछि ३० प्रतिशत सवारी साधनमात्र सडकमा गुडेको स्पष्ट पार्नुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी