हिन्दी च्यानल बन्द गरेको बिषयमा मन्त्री रिजालले लिएको स्पष्टीकरणप्रति माओबादीको आपत्ती

हिन्दी च्यानल बन्द गरेको बिषयमा मन्त्री रिजालले लिएको स्पष्टीकरणप्रति माओबादीको आपत्ती

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ,१३ असोज ।

नेकपा माओबादीले सुचना तथा संचारमन्त्री डा मिनेन्द्र रिजालले भारतीय च्यानल बन्द गरेको बिषयमा केबुल ब्यबसायीसंग लिएको स्पष्टीकरणप्रति आपत्ती जनाएको छ ।

भारतले नेपालमा अघोषित नाकाबन्दी गरेको बिरोधमा नेकपा माओबादीले भारतीय च्यानल बन्द गराउनु साथै हिन्दी गित ,हिन्दी प्लेटका गाडीलाई नेपालमा चल्न नदिने बताएको थियो ।

नाकाबन्दीको विरोधमा भारतीय च्यानलहरु बन्द गरिदिएका केवुल सञ्चालकहरुलाई रिजालले २४ घन्टे अल्टिमेटम सोधेर भारतको पक्षपोषण गरेको भन्दै माओबादी पाटी काठमाण्डौं जिल्ला सचिव पुष्कर श्रेष्ठले बिज्ञप्ती निकालेर त्तकाल च्यानलहरु बन्द गर्न ब्यबसायीसंग आग्रह गर्नु भएको छ ।

सचिव श्रेष्ठले सरकारले दिएको धम्कीको पछि नलागी केवुलहरु निरन्तर बन्द जारी राख्न अनुरोध गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी