संबिधान कार्यान्वयनमा चुनौतीः सभामुख

संबिधान कार्यान्वयनमा चुनौतीः सभामुख

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ,१३ असोज ।

सभामुख सुवासचन्द्र नेम्बाङले संविधान जारी गर्न जति चुनौतीपूर्ण रहेको अवस्था थियो । अहिले यसको सफल कार्यान्वयन नै सबैभन्दा ठूलो चनौती रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ धादिङको नवनिर्मित भवनको उद्घाटन तथा पाँचौँ साधारणसभाको उद्घाटन गर्दै सभामुुख नेम्बाङले संविधान जारी भएपछि यसको सफल कार्यान्वयनतर्फ सबै नेपाली लाग्नु अबको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

संविधानमा मधेसी, जनजाति, दलित थारु आदिको समर्थन नभएको भन्ने हल्ला चलिरहेका बेला सभामुख नेम्बाङले संविधानमा हस्ताक्षर गर्ने ५३७ सभासद्मध्ये महिला १५४, जनजाति १६९, थारु २३, मधेसी ९१, दलित ३६, मुस्लिम चार जनाले हस्ताक्षर गरेकाले यो समावेशी र सबैको प्रतिनिधिले निर्माण गरेको संविधान रहेको दाबी गर्नुभयो ।

सो अवसरमा संविधान जारी गर्न सफलता हासिल गरेको भन्दै महासङ्घले सभामुख नेम्बाङलाई नागरिक अभिनन्दन तथा सभासद्हरु राजेन्द्रप्रसाद पाण्डे, गङ्गालाल तुलाधर, गुरुप्रसाद बुर्लाकोटी, धनबहादुर घले, दिलमान पाख्रिन, परशुराम तामाङ, रवीन्द्रप्रताप शाहलाई संविधान लेखेर जारी गर्न सफल भएकाले सम्मान गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी