मेची भन्सारले रोक्यो जाँच पास , सुनौली नाकाबाट इन्धन बोकेका दर्जनौ ट्यांकर नेपाल भित्रिदै

मेची भन्सारले रोक्यो जाँच पास , सुनौली नाकाबाट इन्धन बोकेका दर्जनौ ट्यांकर नेपाल भित्रिदै

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ,१३ असोज ।

मेची भन्सार कार्यालय काँकडभिट्टाले भारतले कुहिएका र कम आवश्यकताका वस्तु मात्रै नेपाल पठाएको विरोधमा जाँच पास रोकेको छ ।

भन्सार विभागले कुहिएका तरकारी र फलफूल जन्य वस्तुको जाँच पास नगर्न निर्देशन दिएपछि मेची भन्सारमा जाँचपास रोकिएको हो । मेची भन्सार प्रमुख भीमप्रसाद अधिकारीले आज माछा, सिद्रा, तरकारी लगायत लोड गरिएका ७ ट्रक मालवस्तु भन्सारले जाँच गरेको जानकारी दिनुभयो ।

भन्सारको कदममा व्यवसायीहरुले समेत समर्थन गरेका छन् । मेची उद्योग वाणिज्य संघलगायतका व्यवसायिक संस्थाहरुले समेत भारतवाट पठाइएका कुहिएका र कुहिन सक्ने खालका मालवस्तुको जाँच पास नगर्न अनुरोध गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

यसैबिच भैरहवाको सुनौली नाकाबाट इन्धन बोकेका दर्जनौ ट्यांकर र खाद्यान्न बोकेका ट्रकहरु नेपाल भित्रिन थालेका छन ।

आज मध्यान्ह भारतीय भन्सार प्रमुख, सुनौली इलाकाका एसएसबी प्रमुख, भारतीय प्रहरी प्रमुख र नेपालको तर्फबाट सीमावर्ती भन्सार प्रतिनिधि, प्रहरी अधिकारी, भन्सार राजश्व प्रहरी गस्ती प्रहरीबीच भारतमा भएको बैठकपछि सवारीसाधनलाई प्रवेश दिइएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी