कालोबजारी नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

कालोबजारी नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

म्याग्दी, १३ असोज ।

बजारमा कालोबजारी बढेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन म्याग्दीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

बजारमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र दैनिक उपभोग्य सामग्रीमा कृत्रिम अभाव सिर्जना गरी सर्वसाधारणलाई ठगी गर्ने क्रम बढेको भन्दै अनेरास्ववियुले आज प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

तराई क्षेत्रमा भइरहेको आन्दोलनलाई देखाएर स्थानीयस्तरमा कृत्रिम अभाव सिर्जना गरेको पाइएपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको अनेरास्ववियुका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।
भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको अवस्थामा स्थानीयस्तरमा भएका वस्तु तथा सामग्री पनि लुकाएर बढी मूल्यमा बिक्री गर्नु गैरकानुनी भएकाले तत्काल अनुगमनका लागि सक्रियता देखाउन अनेरास्ववियुले आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ पाठकले जिल्लामा भित्रिएको पेट्रोलियम पदार्थलाई सहजरुपमा वितरण गर्न लगाउने प्रतिबद्धता जनाउँदै ग्यास र खाद्यान्नलगायतका सामग्रीमा कृत्रिम अभाव सिर्जना गरेको सम्बन्धमा अनुगमन गर्ने जानकारी दिनुभयो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ