जलेश्वर कारागारमा सेना परिचालन

जलेश्वर कारागारमा सेना परिचालन

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ,१३ असोज ।

तराई मधेसमा विगत ४५ दिनदेखि जारी मधेस आन्दोलनका क्रममा हुनसक्ने सम्भावित हिंसात्मक प्रदर्शन र शान्ति सुरक्षामा चुनौती आउनसक्ने मध्यनजर गर्दै महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको कारागारमा नेपाली सेना परिचालन गरिएको छ ।

लामो समयदेखि जारी रहेको आन्दोलनका क्रममा सुरक्षामा खतरा आउन सक्नेमा मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले कारागारमा सेना परिचालन गरेको हो । जलेश्वर कारागारमा प्रकौलीस्थित श्री फस्ट राइफल गणबाट सेना खटाइएको छ भने सेनाका क्याप्टेन सुमन खत्रीको कमाण्डमा ३९ जना सैनिक जलेश्वर कारागारमा राखिएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बताउनुभयो ।

सरकारको निर्देशन र निर्णयअनुसार सेनालाई जिम्मेवारीको पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकारी दिनुभयो । विसं १९१३ मा स्थापना भएको ‘ग’ श्रेणीको जलेश्वर कारागार भौतिकरुपमा जीर्ण भएतापनि दिनप्रतिदिन कैदीबन्दी थपिने क्रम जारी रहेको कारागारका प्रमुख सोभेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी