बेलहियानाकामा आन्दोलनकारी माथि निरन्तर आक्रमण जारी

बेलहियानाकामा आन्दोलनकारी माथि निरन्तर आक्रमण जारी

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

लुम्बिनी १२ भदौ ।

चौतर्फी दबाबका बावजूद पनि सरकार र आन्दोलनकारी बीच दुईपक्षीय वार्ताको वातावरण बनिरहेको बेला रुपन्देहीको बेलहिया सीमा नाकामा जारी शान्तिपूर्ण आन्दोलन माथि चौतर्फी आक्रमण भएको छ ।

स्थानीय प्रक्ष्यक्षर्दिर्शहरुले दिएको जानकारी अनुसार मंगलवार दिउसो ११ बजे आन्दोलनकारीहरु पाल टाँगेर धर्ना दिईरहेको बेला चिरपट तथा फलामे राड बोकेर निषेधआज्ञा तोडेर आएका सयौंको संख्यामा प्रतिकार टोलीले आक्रमण गर्दा निशस्त्र आन्दोलनकारीहरु भारततिर भाग्न खोज्दा भारतीय प्रहरीले सामान्य लाठीचार्ज गरेको छ ।

भारतीयप्रहरीको लाठीचार्ज बाट आफू लगायत आधादर्जन कार्यकर्ता सामान्य घाईते भएको संघीय मधेशी मार्चाका रुपन्देही जिल्ला सहसंयोजक हीराकुमार निषाद राहुलले जानकारी दिए । यद्यपि नेपालप्रहरीको बीच बाट प्रतिकार टोलीले आन्दोलनकारीहरुलाई लखेटदै भारत तिर ढंगा प्रहार गर्नथाले पछि सीमामा तैनात एक भारतीय अर्धसैनिक बलका जवानलाई दाहिने हातमा ढंगा लागेपछि भारततिर बढी क्षति हुन बाट रोक्न भारतीय प्रहरीको तर्फबाट हल्का लाठी चार्ज भएको भारतीय संचारकर्मी बिके जयसवालले बताएका छन ।

उनले भारतमा प्रान्तीय निर्बाचन नजीकिदै गएको बेला नेपालपक्षबाट भारततिर ढंगामुढा गर्नथालेपछि एसएसबी फोर्सले माईकिंग गरि सुनौली बजारमा निषेधआज्ञा जारी गरे पछि भारतबाट नेपालमा कुनै सवारीसाधन भित्रिन नपाई बेलहिया र सुनौली दुबै तिर शूनशान देखिएको छ ।

यता प्रहरी र प्रतिकार टोलीले रुपन्देहीको केरवानी बस्ने आकाश भन्ने शमशेर खान तथा जोगेन्द्र चौधरीलाई प्रक्राउ पक्राउ पश्चात हिरासतमा राखि मानसिक तथा शारिरीक यातना समेत दिईरहेको हुदा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने संयुक्त मधेशी मोर्चाका जिल्ला अध्यक्ष महेन्द्रयादवले आग्रह गरेका छन ।
मधेशमानव अधिकार गृह माहुरीहोमका उपाध्यक्ष प्रहलाद यादवले आन्दोलकारीलाई निषेधआज्ञा लगाई शान्तिपूर्ण भेलामा रोकलगाउनु र प्रतिकार ठोली चिरपट तथा फलामे क्षण बोकेर प्रतिकारमा उत्रेको बेला प्रहरीमुकदर्शक बनेर बिभेदकारी गन्ध आएको हुदा यसलाई समयमा नियन्त्रण नगरिए मुठभेडको स्थिती सिर्जना हुनसक्ने बताए ।

उनले भने ठलो क्षति हुननदिन राष्ट्रिय तथा अन्र्तराष्टीय मानवअधिकार तथा पे्रसजगतले प्रभावकारी अनगुमन गर्न आवश्यक देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ