रोकिएको घर नक्सा पास गर्ने कार्य खुल्यो

रोकिएको घर नक्सा पास गर्ने कार्य खुल्यो

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ,१३ असोज । 

करिब ५ महिनादेखि रोकिएको घर नक्सा पास गर्ने कार्य धनकुटा नगरपालिकामा खुलेको छ । भुकम्प आएपछि घर नक्सा पास गर्ने कार्य रोकिएकाले अव असोज १० गतेदेखि लागु हुने गरी खुल्ला गर्ने निर्णय गरेको कार्यकारी अधिकृत तिर्थप्रसाद धितालले बताउनुभयो ।

नगरपालिका कार्यालयमा बसेको सर्वदलिय बैठकले नगरक्षेत्रमा सरकारी मान्यता प्राप्त ईन्जिनियरले बनाएको नक्सामा घर बनाउने पाउने निर्णय गरेको हो । भूकम्पमा परेर भत्किएका वा अन्य नयाँ संरचना निर्माण गर्दा नगरपालिकाको मापदण्डमा रहेर निर्माण गर्नु पर्ने कार्यकारी अधिकृत धितालले बताउनुभयो ।
नगरका १५ वटै वडामा ६ मिटर सडक रहने गरी घर निर्माण गर्नु पर्ने र भुकम्प प्रतिरोधि घर निर्माण गर्नु पर्ने निर्णय भएको छ । जिल्लामा क्रियाशिल राजनितिक दल, नागरीक समाजका प्रतिनिधि लगायत संघसंस्था एवं प्राविधिक लगाएतको उपस्थिति रहेको बैठकले सडक मापदण्ड र नगरपालिकाको अनुमति विना घर बनाए तत्काल कानुनी कार्वाही गर्ने निर्णय समेत गरेको छ ।

भुकम्प आएपछि धनकुटा बजार क्षेत्रमा प्राविधिकले नक्सा बनाएपनि नगरपालिकाबाट अुनमति नलिई घर निर्माण भईरहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ