औपचारिक वार्तामा बस्ने मधेशी मोर्चाको निर्णय,बार्ताको जिम्मेवारी महन्थ ठाकुरलाई\ठाकुरको बाटो हेर्दै प्रमुख तिन दल

औपचारिक वार्तामा बस्ने मधेशी मोर्चाको निर्णय,बार्ताको जिम्मेवारी महन्थ ठाकुरलाई\ठाकुरको बाटो हेर्दै प्रमुख तिन दल

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

असोज १३, रौतहट ।

तराई जिल्लामा आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रमुख दलसंग औपचारिक वार्ता गर्ने तयारी गरेको छ । रौतहटमा आज बसेको मोर्चाको बैठकले तीन दलीय वार्ता टोलीसंग हिजो भएको अनौपचारिक छलफल सकारात्मक भएको भन्दै बार्तामा बस्ने निर्णय गरेको छ ।

प्रमुख तीन दल गम्भिर भए वार्तामा बस्ने निर्णय गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका नेता अनिल सिंहले जानकारी दिनुभयो । मोर्चाको बैठकले औपचारीक बार्तामा बस्न तमलोपा अध्यक्ष महन्थ ठाकुर जिम्मेवारी दिएको छ । अध्यक्ष ठाकुरले हिजो तीन दलीय वार्ता टोलीसंग भएको छलफलबारे जानकारी गराउनु भएको थियो ।

रौतहटमा अपरान्न हुने मोर्चाको संयुक्त आमसभालाई सम्बोधन गरे लगत्तै वार्ताका लागि ठाकुर काठमाडौं आउनुहुने बताइएको छ । यस्तै मोर्चाले भोली पूर्व मेचि देखि पश्चिम महाकालीसम्म मानव साङ्लो बनाएर सीमा घेर्ने तयारी गरेको छ ।

आन्दोलनको नयाँ रुप अन्र्तगत शक्ति प्रर्दशन गर्न र विश्व समूदायलाई मधेस आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्न त्यस्तो कार्यक्रम ल्याउन लागेको तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

यता प्रमुख तीन दलीय वार्ता टोलीले तमलोपाका महन्थ ठाकुर काठमाण्डौ आएलगतै बार्ता गर्ने तयारी गरेका छन । संसद्को हिउँदे अधिवेशन शुरु हुनुअघि नै असन्तुष्ट पक्षसँग सहमति गर्ने प्रयासमा जुटेका दलहरुले आज पनि छलफललाई निरन्तरता दिने भएका हुन ।

संसद् बैठकअघि नै असन्तुष्ट मधेसी दलहरुसँग सहमति कायम गरी संविधान संशोधनको प्रस्ताव तयार पार्ने सरकारको तयारी छ । यसअघि तीन दलीय वार्ता टोलीले हिजो पनि मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी