काठमाडौ, १३ असोज ।
४६ दिनदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेशमा जारी राखेको बन्दका कारण सप्तरीको राजविराजस्थित कारागारमा खाद्यान समस्या देखिएको छ ।
मधेसी मोेर्चाले भारतीय सिमानाको दशगाजास्थित कुनोली, महादेव मठ र सुनसरी स्थित कोशी ब्यारेज भन्सार नाका बन्द गरेपछि खाद्यान लगायत हरियो सागसब्जी र तरकारीको अभाव देखिएको बताइएको छ ।
भारतीय नाका बन्द भएपछि बजार, पसलमा खाद्यवस्तुको मुल्य बढेकाले सरकारले पठाएको रकमबाट कारागारको कैदी बन्दीलाई खाना खुवाउन समस्या भइरहेको राजविराज कारागारका जेलर कृष्णबहादुर दाहालले बताउनुभयो ।
उहाँका अनुसार राजविराज कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी रहेको तथा लगातार मधेस बन्दका कारण सरकारले दिएको रकमबाट खाद्यान वस्तु खरिद गर्न अपुग भएको छ ।
एक सय २५ जनाको क्षमता भएको राजविराज कारागारमा हाल २० महिला सहित २ सय ८७ जना कैदी बन्दी राखिएको छ ।