असहजता तत्काल अन्त्य गर्न गैरआवासीय नेपाली सङ्घको आग्रह

असहजता तत्काल अन्त्य गर्न गैरआवासीय नेपाली सङ्घको आग्रह

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौँ, १३ असोज ।  

गैरआवासीय नेपाली संघले देशमा भइरहेको वर्तमान असहज अवस्थाको अन्त्य गर्न नेपाल र भारत सरकारले आपसी छलफल गरी तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष शेष घलेले विज्ञप्ति जारी गर्दै अहिलेको असहजतालाई सामान्य स्थितिमा रुपान्तरण गरी देशको आर्थिक विकास र समृद्धितर्फ उन्मुख हुने वातावरण निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ ।

“नयाँ संविधानको घोषणासँगै असहज परिस्थिति सिर्जना भई अत्यावश्यक दैनिक उपभोग्य वस्तुको नियमित आपूर्तिमा बाधा व्यवधान आई देशभरि नै र खासगरी दैनिक मजदुरी गरी जीवन निर्वाह गर्ने निम्नवर्गीय समुदायमा प्रत्यक्ष प्रभाव पर्न गएकामा हामी गैरआवासीय नेपाली मर्माहत भएका छौँ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सङ्घले नयाँ संविधानको घोषणा हुनु सबैका लागि हर्षको विषय हो भन्दै संविधान देशको आर्थिक विकासका लागि जग हाल्ने एउटा कोसेढुङ्गा हुने विश्वास गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी