पाथीभरा मन्दिरबाट सङ्कलित भेटीमा सरकारको चासो

पाथीभरा मन्दिरबाट सङ्कलित भेटीमा सरकारको चासो

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ, १३ असोज । 

बर्से्नि लाखौँ भक्तजनले दर्शन गर्ने ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको भेटीघाटी सङ्कलनमा सरकारले बल्ल चासो देखाएको छ ।

वार्षिक रु एक करोडभन्दा बढी भेटी सङ्कलन हुने यस मन्दिर क्षेत्रको विकासका लागि गठन गरिएको पाथीभरा क्षेत्र विकास समितिलाई भेटी सङ्कलनका लागि कार्य्विधि बनाई कार्यान्वयन गराउन सरकारले निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत साउन १४ गतेको सचिवस्तरीय बैठकको निर्णयअनुसार सो समितिलाई कार्य्विधि तयार गरेर भेटी सङ्कलन गर्न समिति स्थापना भएको १९ वर्षपछि बल्ल निर्देशन आएको समितिका अध्यक्ष सजन पौडेलले जानकारी दिनुभयो ।

यो समिति २०५३ सालमा सरकारले राजपत्रमा प्रकाशित गर्दै स्थापना गरेको थियो । हाल स्थानीय स्तरमा गठन गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले भेटी सङ्कलन गर्दै आएको छ ।

यस मन्दिरमा बर्से्नि स्वदेशी तथा विदेशी गरी झन्डै एक लाखभन्दा धेरै दर्शनार्थी पुग्ने गरेका छन् भने वार्षिक करोडौँ भेटी सङ्कलन हुने गरेको छ ।

पाथीभरा क्षेत्रको विकासमा सरकार मातहतको र स्थानीयस्तरकै गरी दुई–दुईवटा निकाय संलग्न भए पनि सो क्षेत्रको विकास अपेक्षाकृत नहुनुका साथै भेटीपातीको पारदर्शिता हुन नसकेको कतिपयको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ