काठमाडौ, १३ असोज ।
च्याम्पियन्स लिग फुटबल अन्तरगत गएराति सम्पन्न समुह चरणको खेलमा चेल्सी एफसी पोर्टोसँग पराजित भएको छ । यो सिजन आफ्नो खराब प्रदर्शन जारी राखेको इंग्लिस क्लब चेल्सीलाई पोर्टोले चेल्सीलाई २–१ ले हराएको हो ।
खेलको ३९ औं मिनेटमा ब्रास आन्द्रेको गोलबाट पोर्टोले सुरुवाती अग्रता लियो । ४५ औं मिनेटमा विलियनले चेल्सीका लागि बराबरी गोल फर्काए । ५२ औं मिनेटमा माइकनले गोल गरेपछि पोर्टो २–१ ले विजयी भयो ।
जितपछि समुह जी मा रहेको पोर्टो दुई खेलबाट चार अंकसहित समुहको शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट तीन अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline