काठमाडौ, १३ असोज । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीले जिल्ला विकास सिन्धुपाल्चोकलाई भूकम्प प्रतिरोधात्मक ब्लक निर्माण गरिदिएको छ ।
गत वैशाख १२ गतेको भूकम्पले भवन पूर्ण रुपमा ध्वस्त भएपछि टहराबाट कार्यालय सञ्चालन हुँदै आएको जिविसलाई युएनडिपीले १७ कोठा भएको तीनवटा प्री फ्याब ब्लक निर्माण गरिदिएको हो । उक्र संस्थाले कुञ्चोक गाविस कार्यालयको भवन पनि निर्माण गरी हस्तान्तरण गरेको छ ।
त्यस्तै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, चौतारा नगरपालिका र मेलम्ची नगरपालिकाका लागि पनि ब्लक बनाइदिने प्रतिबद्धता जनाएको जिल्ला विकास समितिका आन्तरिक लेखा परीक्षण अधिकृत अनिरुद्र नेपालले जानकारी दिनुभयो ।
संस्थाले इर्खु गाविस र कर्थली गाविसका लागि पनि ब्लक बनाइदिने कार्यक्रम राखे पनि ती गाविसले आवश्यक जमिन उपलब्ध गराउन नसकेकाले ब्लक बनाउने कार्य रोकिएको जनाएको छ ।