भारतीय दूतावासमा नाकाबन्दीको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले बुझायो विरोधपत्र

भारतीय दूतावासमा नाकाबन्दीको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले बुझायो विरोधपत्र

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, १२ असोज । राष्ट्रिय जनमोर्चाले भारतीय पक्षबाट दैनिक अत्यावश्यक वस्तु आयातलाई समेत रोक्ने उद्देश्यले सीमा नाकामा अघोषित नाकाबन्दी गरिएको जनाउँदै त्यसको विरोधमा आज भारतीय दूतावासमा विरोध पत्र बुझाएको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तेस्रो मुलुकबाट खरिद गरिएका सामग्री भारत हुँदै नेपाल भित्रिनुपर्नेमा नाकाबन्दीका कारण सीमा क्षेत्रमा रोकिएको हुँदा तुरुन्तै नाका सञ्चालन गर्ने व्यवस्थाका लागि माग गरेको थियो ।

भूपरिवेष्टित मुलुक भएका नाताले पाउने पारवहनसम्बन्धी सुविधालाई रोक्नु भनेको अन्तर्राष्ट्रिय मान्यता र कानुन विपरीतको कार्य भएको बताउँदै सो पार्टीले तराईमा भएको आन्दोलनलाई देखाएर छिमेकी मुलुकलाई अप्ठ्यारो पार्ने ढङ्गबाट नाका अवरोध पु¥याउने काम शोभनीय नभएको जनाएको छ ।

ज्ञापनपत्र बुझाएपछि सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले लामो समयसम्म राख्दा कुहिएर तथा सडेर घाटा पर्छ भनेर माछा, फलफूल, आलुलगायत वस्तु पठाए पनि नेपालका लागि खास आवश्यक पर्ने पेट्रोलियम पदार्थलाई रोक्नु भनेको छिमेकीको पीडालाई बेवास्ता गर्नु हो भन्नुभयो ।

संविधान लेखन र सङ्घीयताको सीमा निर्धारणका बारेमा आफूहरुको सुझावलाई बेवास्ता गरेको भनी भारतले यसखाले विरोधको रणनीति गरेको हो भन्दै अध्यक्ष केसीले जसरी पनि निर्वाचन जित्नुपर्छ, सरकारमा रहनुपर्छ भन्ने नेपाली हेपिन तयार हुने मानसिकताले पनि यसलाई मलजल गरेको छ, भन्नुभयो ।

उहाँले भन्नुभयो– “भारतीय न्यायप्रेमी जनतासँग हाम्रो कुनै पनि भेदभाव छैन, नाकामा देखिएको अवरोधले भारतीय पक्षबाट नेपालमाथि हस्तक्षेप गर्न खोजिएको प्रष्ट हुन्छ, यो स्वाभिमानी नेपालीका लागि कुनै पनि हालमा स्वीकार्य हुन सक्दैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ