‘सानमिगल इन्ड अफ समर फेसन शो हुने

‘सानमिगल इन्ड अफ समर फेसन शो हुने

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौ । नेपाली फेसन र मोडलिङ जगतमा आएको रौनकलाई निरन्तरता दिदैं युवायुवतिको फेसन प्रती रुचि जगाउदै फेसन मोडलिङमा युवनयुवतीलाई प्रोत्साहन गर्ने उदेश्यले ‘सानमिगल इन्ड अफ समर २०१५’ भब्य फेसन नाइट आयोजना हुने भएको छ ।
गर्मी महिनाभरी बजारमा चलेका फेसनेवल डे«स र नेपाली जगतमा भित्रिएको ग्ल्यामरलाई फेसन सो मार्फत प्रस्तुत गर्ने उदेश्यनले नेक्स्ट मोडल्स नेपालले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम युवायुवतीमा फेसन प्रतिको चासो जगाउदै फेसनको महत्व बुझाउन सहायक सिद्ध हुने आयोजक संस्थाका प्रमुख रवि धमलाले जानकारी बताए ।
काठमाडौको ठमेलको व्रिजल गार्डेन रेष्ट्रोमा यही असोज १५(अक्टोवर २, २०१५)हुने कार्यक्रममा सौदर्य प्रतियोगीता ‘मोडल हण्ट नेपाल’का उत्कृष्ट १० मोडल र नेक्स्ट मोडल्स नेपालले अहिलेसम्म उत्पादन गरेको मध्यबाट उत्कृष्ट १० गरी २० जना मोडलहरुले नेपाली डिजाइनर सन्तोषि श्रेष्ठले तयार पारेका विभिन्न पहिरनका डिजाइन प्रस्तुत गर्नेछन् ।
नेक्स्ट मोडल्स नेपालले एक विज्ञप्ति जारी गर्दै नेपालको मनोरञ्जन पत्रकारहरुलाई कार्यक्रममा निशुल्क प्रवेशको ब्याबस्था गरिएको जनाइएको छ ।


सानमिगल बियर मुख्य प्रयोजक रहेको कार्यक्रम ‘इन्ड अफ समर २०१५’ बिभिन्न सांङ्गेतिक धमाकाकामे साथ आयोजना हुनेछ । कार्यक्रमले मोडलिङ करियर बनाएका युवायुवतिहरुको सम्वोधन हुने र यस्ता कार्यक्रमले मोडलहरुलाई आत्मनिर्भर बनाउन सहयोग मिल्ने आयोजक संस्थाकी निर्देशक यतना पाण्डेले जानकारी दिएकी छन् । यसको अलवा आयोजक नेक्स्ट मोडल्स नेपालले आगामी दिनमा मोडलिङ र फेसन सम्बन्धि विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने बिज्ञाप्तीमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी