राष्ट्रिय लिग फुटबलमा आर्मी तेस्रो स्थानमा उक्लियो

राष्ट्रिय लिग फुटबलमा आर्मी तेस्रो स्थानमा उक्लियो

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौँ, १२ असोज ।

राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मी क्लब विजयी भएको छ ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मी मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आर्मीको जितमा खेलको १८ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका थिए । उनले भरत खवासको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । टोलीको उत्कृष्ट प्रदर्शनमा महत्वपूर्ण भूमिका खेलेका आर्मीका दीपक गुरुङ ‘म्यान अफ दि म्याच’ घोषित भए ।

आजको जित आर्मीका लागि महत्वपूर्ण साबित भएको छ । आर्मी यसअघि लिगको चौथो स्थानमा थियो । सो जितसँगै ऊ तेस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको मनाङलाई भने आजको हार महँगो साबित भएको छ । ऊ आर्मीसँग पछि पर्दै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

जारी लिगमा झापा एघार २४ अङ्कका साथ पहिलो स्थानमा कायम छ भने दोस्रो स्थानमा रहेको थ्री स्टार क्लबको २२ अङ्क छ । त्यस्तै तेस्रोमा उक्लिएको आर्मीको २० अङ्क हुँदा चौथो स्थानमा झरेको मनाङको १९ अङ्क छ ।

आजै भएको पहिलो खेलमा सुदूरपश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो । जितसँगै सुदूरपश्चिमाञ्चलले १७ अङ्क जोडेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी