माओवादी अध्यक्ष वैद्य र चिनियाँ राजदूत छुन्ताइबीच भेटवार्ता

माओवादी अध्यक्ष वैद्य र चिनियाँ राजदूत छुन्ताइबीच भेटवार्ता

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, १२ असोज ।

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र नेपालका लागि चीनका राजदूत वु छुन्ताइबीच आज भेटवार्ता भएको छ ।

माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा भएको भेटमा समसामयिक राजनीतिक विषयका साथै चीन र नेपालबीचको सम्बन्ध तथा दुई पार्टीबीचको सम्बन्धका विषयमा छलफल भएको भेटमा सहभागी माओवादी सचिव देव गुरुङले जानकारी दिनुभयो ।

भेटमा राजदूत छुन्ताइले अहिले नेपालमा देखिएको राजनीतिक असमझदारी समाधान गर्न नेपालका राजनीतिक दल सक्षम रहेको विश्वास आफूहरुले लिएको बताउनुभएको थियो ।

राजदूत छुन्ताइले नेपालमा भारत सरकारले लगाएको अघोषित नाकाबन्दी, एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीबीचको एकता प्रयासका विषयमा समेत चासो राख्नुभएको थियो ।

भूकम्पका कारण चीनको नेपालसँगको तातोपानी नाका र रसुवागढी नाका बन्द भएको अवस्थामा ती नाकाहरु छिटो खुलाउन चीनको सहयोगका लागि अध्यक्ष वैद्यले राजदूतसँग आग्रह गर्नुभएको थियो ।

भेटमा अध्यक्ष वैद्यले संविधानसभाभित्र र संविधानसभाबाहिर रहेका दललाई समेटेर संविधान जारी गर्न नसक्दा अहिले केही असहज परिस्थिति देखा परेको बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी