कोदारी राजमार्ग एक साताभित्र खुल्ने

कोदारी राजमार्ग एक साताभित्र खुल्ने

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौँ, १२ असोज ।

भूकम्पपछि पटक पटक अवरुद्ध हुँदै आएको कोदारी राजमार्ग यथाशीघ्र खुलाउन जोडतोडका साथ काम भइरहेको छ ।

भूकम्पलगत्तै नेपाल सरकारको आग्रहमा चिनियाँ सशस्त्र बलले केही समय लगाएर एकतर्फी सवारी साधान चल्न सक्ने गरी खुलाएको सो राजमार्ग खुलेको केही दिनपछि सुक्खा पहिराका कारण पुनः अवरुद्ध हुन पुगेको थियो । सिन्धुपाल्चोकका प्रजिअ बलभद्र गिरीका अनुसार अवरुद्ध राजमार्ग पाँच सात दिन भित्रै खुलाउने उद्देश्यका साथ छ ‘हेभी इक्विप्मेन्ट’ प्रयोग गरी तीव्र रुपमा काम भइरहेको छ ।

सो राजमार्गको खासगरी लिपिङ र तातोपानी बजार क्षेत्रमा पहिरासँगै खसेका ठुल्ठुला ढुङ्गाका कारण सडक अवरुद्ध भएकाले वरिपरिको बस्तीलाई सुरक्षित तुल्याउँदै विस्फोटन र उपकरणका माध्यमबाट सडकमा थुप्रिएको पहिरो हटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

भूकम्पसँगै बाह्रबिसे–तातोपानी सडकखण्डका दशभन्दा बढी स्थानमा साना ठूला पहिरो गएको थियो । सडक डिभिजन कार्यालय चरीकोटको प्रयासमा सडक खुलाउने कार्यलाई तीव्रता दिइएको हो । सडक खुलाउने कार्यलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि सहयोग पु¥याउँदै आएका छन् ।

“पेट्रोलियम पदार्थको अभाव भएन र लक्ष्यअनुसार काम भयो भने पाँच सात दिनभित्रै पनि सडक सुचारु गर्न सक्छौँ भन्ने नै हो, सुक्खा पहिरोले कत्तिको असर गर्छ भन्ने विषयले पनि सडक कति समयभित्र खुल्छ भन्ने निर्धारण हुन्छ ”, प्रजिअ गिरीले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी