अघोषित नाकाबन्दी बिरुद्ध धरानमा अखिल क्रान्किारीद्धारा हस्ताक्षर अभियान

अघोषित नाकाबन्दी बिरुद्ध धरानमा अखिल क्रान्किारीद्धारा हस्ताक्षर अभियान

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

 धरान, १२ असोज

भारतको हस्तक्षेप विरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनले विरोध स्वरुप हस्ताक्षर अभियान सुरु गरेका छन ।
क्रान्तिकारीले धरानको भानुचौकमा भारतीय हस्तक्षेप बिरुद्ध १८ मिटर सेतो कपडामा हस्ताक्षरसंकलन गरेका हनु ।

सदियौदेखिको नेपाल सार्वभौमसत्ता सम्पन्न रहेको बताउदै भारतले गरेको हेपाहा प्रवृत्ति नेपालीहरुलाई सैह्य नहुने क्रान्तिकारीका जिल्ला सचिव प्रबेग लिम्बुले जानकारी दिनुभयो ।

उहाले आज र भोली गरि करिब १० हजार हस्ताक्षर संकलन गरि भारतीय दुतावासमा बुझाईने जानकारी दिनुभएको ।

यसैबीच  झापामा पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन ्। बहुसंख्यक नेपालीले बनाएको नेपालको संबिधानमा असहमति जनाउन खोजेको भारतका प्रधानमन्त्रीको पुत्ला बनाएर दहन गरिएको हो ।

अन्तर्रा्िष्ट्रय कानुनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धज्जी उडाएको भन्दै जिल्लाको केर्खा बजारमा स्थानीय युवाले मोदिको पुत्ला दहन गरेका हुन्।

सयौंको संख्यामा सहभागी युवाले मोदीको पुत्ला स्थानीय सिद्धार्थ चोकबाट लिएर केर्खा बजार परिक्रमा गराएका थिए । बजार परिक्रमा गराएर उनीहरूले पूर्वपश्चिमम राजमार्गको केर्खा बजारमा मोदीको पुत्ला दहन गरेका हुन ।

यस अघि उनीहरूले भारतीय विस्तारवाद मुर्दावाद, नेपाली भूमिमा भारतीय रबैया बन्द गर, नेपाली स्वाभीमान झुकाउने मधेशवादी दलको आन्दोलन फिर्ता गर, सबै नेपाली एक हौं, देश द्रोहि नेतालाई कारबाही गर जस्ता नारा लगाएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ