असोज १२ ताप्लेजुङ
नेपालको राष्टियता, सार्बभौमिकतालाई दबाबमा राख्नखोजेको रअनावश्यकनाकाबन्दी गरेको विरोधमाताप्लेजुङको फुङलिङबाट प्रसारित रेडियो फक्ताङ्लुङ एफ.एम. डढ।ड मेगाहर्जले आजदेखि अनिश्चितकालकालागिहिन्दीगीततथाहिन्दीमाआधारित सामाग्रीहरु प्रसारण नगर्ने भएको छ ।
जिल्लाको एक मात्रनीजितथाव्यवसायीक रेडियोको रुपमा २०७१ सालअसार १ गतेदेखि रेडियोले आफ्नो प्रसारण आरम्भ गरेको हो । रेडियोले दैनिक ३ घण्टा हिन्दीगीततथाहिन्दीमाआधारित सामाग्रीहरु प्रसारण गर्दै आएको छ । हिन्दीगीततथा सामाग्रीको स्थानमाविविधभाषाभाषीलगायत नेपालीगीतहरु प्रसारण गर्नेछ ।
आज एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालकालागिआफ्नो नियमित तालिकाबाट हिन्दीगीत र हिन्दीमाआधारित सामाग्रीलाई अनिश्चितकालकालागि हटाएको जानकारी दिईएको छ ।“जबसम्मभारतले नाकाबन्दीमाफुकुवागर्दैन तबसम्म रेडियोले आफ्नो तालिकामाहिन्दीगीतसंगीत र हिन्दीमाआधारित सामाग्री समाबेश गर्ने छैन ।” विज्ञप्तिमा भनिएको छ ।
परोक्ष ढंगबाट सिमा क्षेत्रकानाकामाखाद्यतथामालबहाक गाडीलई रोक्दै अघोसित रुपमाभारतलेनाकाबन्दीगरेको र नेपालको आन्तरिक मामिला, स्वाधिनता, सार्बभौमिकतामा हस्तक्षेप गरेपछित्यसको बिरोधमारेडियोलेआफ्नो प्रसारणमा हिन्दीगीतसंगीत र हिन्दीमाआधारित सामाग्रीमारोक लगाएको स्टेशनम्यानेजर आलोक लिम्बूले जानकारी दिनुभायो ।