काठमाडौ । चलचित्र सेन्सर बोर्डले सबैले हेर्न मिल्ने प्रमाण पत्र अर्थात युनिभर्सल सर्टिफिकेट दिदै सेन्सर पास गरेको छ । चलचित्रको सबै दृश्य सुपर फाइन रहेको भन्दै सेन्सरले आफ्नो चलचित्र पास गरेको नायक समेत रहेका निर्माता सुदिन प्रसाइले बताए । उनले भने ‘चलचित्र अब छिट्टै रिलिज गर्ने छु ।’
श्रद्धा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘त“ म र उ’ मलेसियाको आधा दर्जनबढी शहरमा च्यारिटी केही पहिले च्यारिटी गरिएको थियो । नवराज प्रसाईको निर्माण र सुदिन प्रसाईको लेखन, प्रस्तुति समेत रहेको चलचित्रमा नीता ढुङ्गाना, आमेश भण्डारी, सुदिन प्रसाई, कविन्द्रराज पुरी ,दिनेश डि.सी.,प्रभाकर श्रेष्ठ, अन्जना आर.सी.,पुर्णीमा क्षेत्रीलगायत बालकलाकारहरु राजेन्द्र बस्नेत,रोजिना अधिकारीलगाएतको अभिनय रहेको छ ।
जोमसोम, कागबेनी , मुक्तिनाथ र काठमाडौमा छायांकन गरिएको यो चलचित्र लछु गौतमले निर्देशन गरेकी हुन् । चलचित्रको रिलिज डेट छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष लागेको छ ।