दशैको मुखमा  ग्यासको कालोबजारी  

दशैको मुखमा  ग्यासको कालोबजारी  

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

१२ असोज  धरान 
लामो समयदेखि तराइमा जारी मधेश तथा थारु आन्दोलनका कारण यातायात सेवा ठप्प हुदा पूर्वाञ्चलमा खाद्यन्न अभाव चर्किएको छ ।

हिन्दु नेपालीहरुको महान पर्व दशै तिहार नजिकिदै गएको समयमा पूर्वका बजारहरुमा खाद्यान्न अभाव चर्किएको हो ।
सिमाङकन प्रति असन्तुष्टि जनाउदै मधेशवादी तथा थारुवानहरुले डेढ महिना देखी तराइमा जारी राखेको अनिश्चितकालिन आमहडताल र भारतबाट अघोषित नाकाबन्दीका कारण पूर्वमा खाद्यान अभाव चर्किएको छ नजिकैको सिमा नाका भारतीय पक्षले ठप्प बनाइदिदा र लामो दुरीका यातायात सुचारु हुन नसक्दा पुर्वमा खाद्यन्न अभाव चर्किएको उद्योगी तथा ब्यापारीहरुले बताउदै आएका छन ।

पूर्वको अन्य जिल्लाहरुभन्दा बिकट पहाडी जिल्ला , धनकुटा , खोटाङ , भोजपुर , इलाम लगायतका शहरहरुमा खाद्यान्न अभाव जटिल बन्दै गएको हो । अहिले पुर्वको बजारहरुमा खाने तेल , चामल , चिनी , नुन , पेट्रोलियम पदार्थ लगायतको चरम अभाव देखिएको छ । पूर्वमा खाद्यन्न अभावसंगै ग्यासको कालोबजारी पनि फस्टाउन थालेको छ ।

यता सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले जिल्लामा खाद्यन्न अभाव हुन नदिन चाडै सर्वपक्षीय छलफल डाकी समस्याको सामधान गर्ने बताउनु भएको छ । साथै बजार अनुगमनलाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ