तराई आन्दोलनले भारतको भयो कालो मूख : बिजुक्छें

तराई आन्दोलनले भारतको भयो कालो मूख : बिजुक्छें

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

भक्तपुर, असोज १२ गते ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले तराई आन्दोलनका कारण भारतको अन्तराष्ट्रिय स्तरमा कालो मुख भएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले भारतले बिश्व सुरक्षा सदस्यमा सामेल हुन लागिरहेका बेला मधेशकाकेही नेताहरुका लागि भारतले गरेको अघोषित नाका बन्दीका कारण भारतको अन्दतराष्ट्रिय स्तरमा छबि धुमलिएको बताउनु भएको हो ।

मधेशमा भईरहेको आन्दोलनका नेतृत्व गर्नेहरु देशद्रोहि भएको भन्दै आप्mनो देशमा नाकाबन्दी गर्न छिमेकीलाई हार गुहार गर्नु र नाकाबन्दी गर्ने जस्तो काम गर्नुले उनीहरुको देशद्रोहि छबी भएको प्रष्टाउँछ । उहाँले भन्नु भयो मधेश आन्दोलनमा कामदार वर्गको सहभागिता नभएर कालो बजारीया र नेपाललाई विखण्डन पार्नेहरुको सहभागिता अधिक रहेको बताउनु भयो ।

वार्ताका बहानामा विभिन्न स्थानमा परिचालन गरिएका सेना फिर्ता गरेर नेपाल सरकार गतल निर्णय गरेको उहाँको भनाई थियो ।
उहाँले नेपाल सरकारले उत्तर नाकालाई प्रथामिकता दिएर खोल्न नसक्दा र विगतमा नेपाल सेनाका प्रमुख समेत भारत भक्त भएकाले उत्तर तर्फको नाका खुल्न नसकेको भन्दै उहाँले नेपालले कताको नाका खोल्ने त्यो नेपालकै मामला भएको र भारतलाई खुसि पार्न उत्तरको नाका खोल्न नसक्दा अघोषित नाकाबन्दीको सास्ती नेपालीले खेप्नु परेको बताउनु भयो ।
उहाँले नेपाल सरकारका प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जान नसक्नु गलत भएको भन्दै अन्तराष्ट्रिय कानुन विपरति गएर नेपाल जस्तो भुपरिबेष्ठित देशमा भारतले अघोषित नाकाबन्दी गर्दा समेत नेपाल सरकार चुप लागेर बस्नु र अन्तराष्ट्रिय अदालतमा जान नसक्नुले नेपाल सरकारको अवस्था प्रष्ट पारेको उहाँको टिप्पणी थियो ।
नेपालको संविधान जारी पश्चात तत्कालै संसोधनको कुरा गर्दै हिँड्ने मन्त्रीहरु नालायक भएको भन्दै उहाँले कुनै पार्टी र छिमेकीको दवाबमा संविधान संसोधन गर्र्दै जाने काम केटाकेटी पन भएको बताउनु भयो ।
लामो समयसम्म पनि स्थानिय निकायको चुनाब गर्न भारतले नचाहेको विषय आफूहरुले उठाउँदै आएता पनि सरकार र ठूला दलका नेताहरुले ध्यान नदिएता पनि हाल आएर स्थानिय निकायको निर्वाचन भारतले नै गर्न नदिएको प्रष्ट भएको उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ