काठमाडौ १२ असोज ।
पार्टीको भावी रणनिति बारेमा छलफल गर्न नेकपा एमालेले आज राष्ट्रिय भेला बोलाएको छ ।
संविधानसभाबाट संविधान जारी भइसकेको अवस्थामा पार्टीले चल्नुपर्ने अबको कदमका बारेमा छलफल गर्न एमालेले भेलाको आयोजना गरेको हो ।
भेलामा पार्टी केन्द्रिय कमिटीका सदस्य , सांसद, जिल्ला अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख लगायत नेता कार्यकर्ताको सहभागीता रहने पार्टी सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
थापाथली स्थित एक पार्टी प्यालेसमा मध्यान्न साँढे १२ बजेपछि सुरुहुने भेलाको पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भेलामा समग्र संविधान निर्माण प्रक्रिया, संविधानका अन्तरवस्तु, त्यसमा देखिएका असन्तुष्टी सम्बोधन तथा पार्टीको भावी रणनितिबारे शिर्ष नेताहरुले प्रशिक्षण दिने सचिव ज्ञवालीले बताउनु भयो ।
नयाँ संविधानबारे केही दल तथा व्यक्तिले तराई मधेशमा भ्रम फैलाएको ठहर गरेको एमालेले राष्ट्रिय भेला पश्चात तराई मधेश केन्द्रित अभियान सन्चालन गर्ने तयारी गरेको छ ।