काठमाडौ १२ असोज ।
प्रमुख तीन दलले नयाँ संविधानमा असन्तुष्टी जनाउदै तराई मधेशमा आन्दोलनरत मधेश केन्द्रित दलसँग आज पनि छलफल गर्दै छन् ।
मोर्चासँग वार्ताका लागि प्रमुख दल कांग्रेस , एमाले र एकिकृत नेकपा माओवादीका तर्फबाट एक एक जना सदस्य रहने गरी वार्ता समिति समेत गठन गरिएको छ । उक्त समितिले आजबाट असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने गरी वार्ता थाल्ने बताइएको छ ।
मधेशी मोर्चाका नेताहरुले आज आन्तरिक कार्यक्रममा सहभागी हुन मधेश जानुपर्ने बताएकाले फर्केपछि वार्ता हुने वार्ता समितिका सदस्य वनमन्त्री महेश आचार्यले बताउनु भयो ।
यसअघि हिजो भएको वार्तामा मोर्चाले औपचारिक वार्ताको वातावरण बनाउन सेनालाई ब्यारेक फिर्ता, आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, पक्राउ परेका कार्यकर्ता फिर्ता लगायतका माग राखेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline