आजबाट देशैभर अनिश्चितकालका लागि हिन्दी च्यानल प्रशारण बन्द

आजबाट देशैभर अनिश्चितकालका लागि हिन्दी च्यानल प्रशारण बन्द

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ १२ असोज ।  

भारतले अघोषित नाकाबन्दी गर्दै नेपालमाथि गरेको हस्तक्षेपको विरोधमा देशभर आजबाट अनिश्चितकालका लागि हिन्दी च्यानल प्रशारण बन्द हुने भएको छ ।

केबल टेलिभिजन सञ्चालकहरुले आज बिहान १० बजेबाट देशैभर हिन्दी च्यानलको प्रशारणमा रोक लागउने भएका हुन् ।

नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको हिजो बसेको बैठकले भारतीय हस्तक्षेपको विरोधमा हिन्दी च्यानल प्रशारण बन्द गर्ने निर्णय गरेको हो ।

नेपालको सार्वभौम तथा राष्ट्रिय स्वाधिनता माथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै हिन्दी च्यानलको प्रशारण बन्द गर्ने निर्णय भएको नेपाल केबुल टेलिभिजन संघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिनुभयो ।

चितवन, पोखरा र महेन्द्रनगरमा यसअघि नै हिन्दी च्यानलको प्रशारण बन्द भएको संघले जनाएको छ ।

यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको दबाबपछि नेपालमा हिन्दी च्यानल प्रशारण बन्द हुन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी