कैलाली सीमा भन्सारमा ढुवानीका साधनमाथि रोक 

कैलाली सीमा भन्सारमा ढुवानीका साधनमाथि रोक 

  • सोमवार, अशोज ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

धनगढी, ११ असोज ।

कैलाली भन्सार सीमा नाका क्षेत्रमा स्थिति सामान्य रहेको भए पनि नेपाल भित्रिने ढुवानीका मालवाहक साधनको आवागमन सहज हुन नसक्दा आयातनिर्यात प्रभावित भएको छ ।

कैलालीको नेपाल–भारत सीमा क्षेत्रमा कसैको पनि धर्ना विरोध प्रदर्शनजस्ता कार्यक्रम नभई स्थिति सामान्य रहेको अवस्थामा पनि भारतीय पक्षले ढुवानीका साधनलाई सीमा पारी नै रोकेर अनावश्यक जाँच गरी कडाइ गर्न थालेसँगै यी साधनको आवागमन असहज बनेको हो ।

भारतीय पक्षले सीमामा मालसामान आयात गर्दा देखाएको व्यवहारले उसले नाकाबन्दी गरेको स्पष्ट भएको स्थानीयले बताएका छन् ।

तराई क्षेत्रका कतिपय जिल्लाका नेपाल–भारत सीमा क्षेत्रमा आन्दोलनकारीको घेराउ र प्रदर्शन जारी रहँदा तनाव भएको बताइए पनि कैलालीको सीमा क्षेत्रमा यस्तो अवस्था छैन ।

सीमाङ्कनप्रति असहमति राख्दै आएको थरुहट÷थारुवान पक्षधरले सीमा क्षेत्रमा नभई जिल्लाभित्रै आफ्ना आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

भारतीय पक्षले ढुवानीका साधन नेपाल भित्रिनमा पु¥याएको बाधा अवरोधसँगै भन्सारको राजस्व सङ्कलन प्रभावित भएको कार्यालयका निमित्त प्रमुख मानप्रसाद विकले बताउनुभयो ।

आयात नहुँदा दैनिक १२ लाखका दरले राजस्व घाटा भएको छ, विकले भन्नुभयो– “सीमा पारीका भारतीय अधिकारीले मालवाहक साधन नेपाल पठाउन अनावश्यक जाँच र झन्झटिलो प्रक्रिया अवलम्बन गर्दा समस्या सिर्जना भएको छ ।”

सीमामा देखिएको समस्यासँगै यो महिना रु १२ करोड राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्यसमेत प्रभावित हुने देखिएको छ । पेट्रोलियम पदार्थको आयातमा ठूलो राजस्व सङ्कलन हुँदै आएकोमा यसको आयात हुन सकेन भने घाटा दोब्बरले बढ्ने विकले बताउनुभयो ।

असोज ३ गतेयता तरकारी बोकेका अधिकांश सवारीसाधन भारतीय अधिकारीले छोड्ने गरेको भए पनि अन्य मालवाहक साधन पठाउन कडा जाँचका साथै प्रक्रिया झन्झटिलो बनाएको मालवाहक साधनका चालकलाई उद्धृत गर्दै भन्सारका कर्मचारीले बताएका छन् । यो अवधिमा कैलाली भन्सारको बाटो हुँदै निर्यातित सामानका दुई साधनमात्र भारततर्फ गएको बताइएको छ ।

विगतको सामान्य अवस्थामा कैलालीको भन्सार सीमा नाकाबाट दैनिक १६÷१७ गाडी भित्रिने गरेकामा केही दिनदेखि चार÷पाँच गाडीमात्रै भित्रिने गरेको ती कर्मचारीले बताएका छन् ।

कैलाली भन्सारको बाटो हुँदै आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, सिमेन्ट, हार्डवेयरका सामान, खाद्यान्नलगायत छन् भने रोजिन, जडीबुटीलगायतका सामान निर्यात हुने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी