काठमाडौँ, ११ असोज ।
काठमाडौँको पश्चिमी भेगको दहचोकस्थित इन्द्रदहमा आज बिहानैदेखि स्नान मेला लागेको छ ।
प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको दिन लाग्ने सो मेला भर्न काठमाडौँ उपत्यकालगायत नजिकका जिल्लाबाट समेत दर्शनार्थी सहभागी भएका दहचोक एकता क्लब अध्यक्ष रोशन दानीले बताउनुभयो ।
भाद्र शुक्ल चतुर्दशीका दिन राति जाग्राम बसी भोलिपल्ट बिहानै इन्द्रदहमा स्नान गर्नाले चर्मादी रोग नलाग्ने र सुखप्राप्ति हुने जनविश्वास रहिआएको छ ।
किंवदन्तीअनुसार आफ्नी आमा वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई उपत्यकावासीले चोर भनी नियन्त्रणमा लिएर डोरीले पाताकसी बीचसडकमै जात्रा गरेको दिनका रुपमा भाद्र शुक्ल चतुर्दशीका दिन इन्द्र्रजात्रा मनाइने र त्यसको भोलिपल्ट इन्द्रदहमा स्नान मेला लाग्छ ।
इन्द्र्र्रलाई बन्धनबाटमुक्त गराउन उनकी आमा पुरन्दर हात्तीमा आएर कुइरो सिर्जना गरी लुकाएर काठमाडौँको दहचोकस्थित इन्द्र्रदहमा लगी स्नान गराएको किंवदन्ती यहाँको अर्को विशिष्टता हो ।