चीनसँगको नाका चाँडो खुलाउन जोड

चीनसँगको नाका चाँडो खुलाउन जोड

  • सोमवार, अशोज ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, ११ असोज ।

व्यवस्थापिका–संसद्को अर्थ समितिका सभापति प्रकाश ज्वालाले अत्यावश्यकीय सामग्रीको आयात सहज बनाउन वैकल्पिक उपायका लागि चीनतर्फको नाका चाँडो खुलाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्याभिलियन कम्पनी र नेपाल व्यवस्थापन सङ्घले आज यहाँ आयोजना गरेको लगानी र पुनःनिर्माण विषयक गोष्ठीमा उहाँले चिनियाँ सरकारसँग गम्भीर वार्ता गरेर भए पनि नाका खुलाएर आपूर्ति सहज बनाउन सरकारसँग आग्रह गर्नुभएको हो ।

उहाँले विश्वव्यापीकरणको युगमा नेपालले दोस्रो वा तेस्रो मुलुकबाट खरिद गरी आयात गर्ने सामग्री रोक्न नमिल्ने भन्दै भारतको यो व्यवहारबाट नेपालको सरकार र राजनीतिक दलले क्षमता बढाउनुपर्ने धारणा राख्नुभयो ।

नयाँ संविधानले तराई केन्द्रित दलका धेरै सवाललाई सम्बोधन गरिसकेको र उहाँहरुले उठाएका बाँकी कुरालाई पनि संविधान संशोधन गरेर समाधान गर्न सकिने बताउँदै सभापति ज्वालाले भन्नुभयो– “हाम्रो विविधता र साधन स्रोतको उचित बाँडफाँडको हिसाबले पनि प्रदेशहरु जोडिनुपर्छ ।”

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारत र चीन ठूला बजार रहेका र व्यापारमा पनि उनीहरुले सहुलियत दिएकाले नेपाल लगानीका लागि राम्रो सम्भावना भएको ठाउँ हो भन्दै संसद्मा रहेका आर्थिक ऐन जारी भएपछि लगानीको वातावरण बनाउन थप सहयोग पुग्ने बताउनुभयो ।

प्याभिलियन कम्पनीका अध्यक्ष नरेश श्रेष्ठले निजी क्षेत्रलाई सहयोग गर्दा कुनै व्यवसायीलाई सहयोग गरेका रुपमा मात्रै सरकारले लिने गरेको गुनासो गर्दै निजी क्षेत्रको व्यापार बढ्दा त्यसको लाभ मुलुक र जनतालाई पनि हुने बताउनुभयो ।

गोष्ठीमा भारत, चीनलगायतका मुलुकका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ