देशको लागि बाँच्ने म
देशकै लागि मर्ने
समाजका सबैलाई
सहयोग गर्ने
त्यसैले त गाउँ–गाउँमा मेरो चर्चा भो
सडक–सदन हरठाउँमा मेरो चर्चा भो ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म
उत्तर हिमालदेखि दक्षिण तराईसम्म
चन्द-सूर्य अङ्कित झन्डा
फर्फराउँदै हिँड्ने म
त्यसैले त गाउँ–गाउमाँ मेरो चर्चा भो
सडक–सदन हरठाउँमा मेरो चर्चा भो ।।
राष्ट्रिय फुल लाली गुराँस
रोपेको छु चारैतिर
आएर बस्छन् डाँफे मुनाल
पालेको छु राष्ट्रिय जनावर
मेरो रगत सिम्रिक झँै रातो भो
त्यसैले त गाउँ–गाउँमा मेरो चर्चा भो
सडक–सदन हरठाउँमा मेरो चर्चा भो ।
पूर्व पश्चिम मिलाएर राख्नु पर्छ भन्छु
सबै जात, भाषा, धर्म बराबरी हेर्छु
श्रम, सिप, लगाएर नयाँ निर्माण चाहने म
आफ्नै पौरख पाखुरीमा सदा विश्वास गर्छु
त्यसैले त गाउँ–गाउँमा मेरो चर्चा भो
सडक–सदन हरठाउँमा मेरो चर्चा भो ।
रामेछाप चुचुरे–८
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline