संविधानको गलत व्याख्या नगर्न एमाले उपाध्यक्ष ज्ञवालीको आग्रह

संविधानको गलत व्याख्या नगर्न एमाले उपाध्यक्ष ज्ञवालीको आग्रह

  • सोमवार, अशोज ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

दाङ, ११ असोज ।

नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संविधानको गलत व्याख्या नगर्न आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ ।

प्रेस चौतारी दाङले आज घोराहीमा गरेको साक्षात्कार कार्यक्रममा उहाँले संविधानका अन्तर्वस्तुका बारेमा जानकारी गराउन दलहरुले मधेसकेन्द्रित साझा कार्यक्रम गर्ने तयारी गरिरहेको बताउनुभयो ।

नयाँ संविधानले मधेसी जनतालाई अधिकार सम्पन्न गराउन धेरै आधार दिएको नेता ज्ञवालीको दावी छ । कार्यक्रममा बोल्दै ज्ञवालीले भारतले गरेको अघोषित नाकाबन्दीप्रति विदेशी मुलुकले चासो देखाइसकेको र त्यो नाकाबन्दी लामो समयसम्म नहुने पनि बताउनुभयो ।

कार्यक्रम चौतारी दाङका अध्यक्ष टीकाबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ