तीनदलद्वारा आन्दोलनरत पक्षसँग वार्ताका लागि समिति गठन

तीनदलद्वारा आन्दोलनरत पक्षसँग वार्ताका लागि समिति गठन

  • सोमवार, अशोज ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, ११ असोज ।

नयाँ संविधानप्रति असहमति दर्शाई आन्दोलन गरिरहेका मधेसी, थारु एवम् अन्य समुदायसँग वार्ता गर्न तीनदलले तीन सदस्यीय  समिति गठन गरेका छन् ।

समितिमा नेपाली काँग्रेसका तर्फबाट वन मन्त्री महेश आचार्य, नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल तथा एकीकृत नेकपा (माओवादी)का एक प्रतिनिधि (नाम आउन बाँकी) रहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेका, एमाले र एनेकपा (माओवादी)का शीर्ष नेता सहभागी बैठकले सो समिति गठन गरेको हो ।

बैठकपछि एमालेका वरिष्ठ नेता झलनाथ खनालले सञ्चारकर्मीलाई संविधानप्रति असन्तुष्ट मधेसी, थारु र अन्य समुदायसँग वार्ता अघि बढाउन समिति गठन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “तराई मधेसका माग के हो ? समस्या के हो ? बुझ्नै सकिएन । संविधानमा सबै कुरा समेटिएका छन् । केही असन्तुष्टि रहेका भए त्यसको सम्बोधन गर्न वार्ता टोली गठन गरिएको हो ।”

सञ्चारकर्मीको जिज्ञासामा वरिष्ठ नेता खनालले बैठकमा नयाँ संविधानको संशोधनका विषयमा छलफल नभएको जवाफ दिनुभयो ।

नेकाका वरिष्ठ नेता शेरबहादुर देउवाले तराई मधेसमा उठेका आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान निकाल्न तीन सदस्यीय समिति गठन तीन दलको बैठकले गरेको जानकारी दिनुभयो । उहाँले वार्ताबाट समस्याको समाधान निस्कने विश्वास पनि व्यक्त गर्नुभयो ।

बैठकमा नेकाका सभापति एव्म प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको बैठकमा सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ