टिकापूरमा खटिएका  सेना आज ब्यारेक फर्किदै

टिकापूरमा खटिएका  सेना आज ब्यारेक फर्किदै

  • सोमवार, अशोज ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ ११ असोज ।  

हिंसात्मक घटनापछि कैलालीको टिकापूरमा खाटिएका नेपाली सेना आजबाट ब्यारेक फर्किने भएका छन् ।

थरुहट प्रदेशको माग गर्दै थारुवान÷थरुहट संघर्ष समितिले गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि स्थानीय प्रशासनले टीकापुर, धनगढी लगायत आसपासका क्षेत्रमा दङ्गाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गरेको थियो ।

गत भदौ ७ गते भएको उक्त घटनाका क्रममा एक बालक सहित आठ सुरक्षाकर्मीको ज्यान गएको थियो । टीकापुरको सुरक्षा स्थिति सामान्य भएको भन्दै स्थानीय प्रशासनले लिखित अनुरोध गरेपछि आजदेखि नेपाली सेना व्यारेक फिर्ता हुन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

ती क्षेत्रमा घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र यही असोज ६ गते राति १२ बजेदेखि हटाइएको थियो । टीकापुरमा जारी गरेको निषेधाज्ञा हाल बिहान ५ बजेदेखि अपराहृन ५ बजेसम्मका लागि हटाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी