काठमाडौ ११ असोज ।
नेपाल आयल निगमले मुलुकभर देखिएको इन्धन अभावलाई व्यवस्थापन गर्न आजबाट कोटा प्रणाली लागु गरेको छ ।
भारतले सिमा नाकामा अघोषित नाकाबन्दी गरेपछि इन्धनको व्यवस्थापन गर्न कोटा प्रणाली लागू गरेको निगमले जनाएको छ ।
कोटा प्रणाली अनुसार मोटरसाइकलले हप्तामा ३ लिटर, ४ पांग्रे निजी र सरकारी गाडी तथा ट्याक्सीले एक दिन बिराएर १० लिटर, मिनिबस तथा स्कूल बसले दिन बिराएर २० लिटर, ठूलो बसले दिन बिराएर २० लिटर र माईक्रोबसले दिन बिराएर १५ लिटर तेल पाउने निगमका महाप्रबन्धक गोविन्द खड्काले जानकारी दिनुभयो ।
निगमले आफूसँग स्टकमा भएको इन्धन आजदेखि वितरण गर्ने पनि जनाएको छ । लगातार ३ दिन सार्वजनिक बिदा परेकाले निगमले स्टकमा भएको इन्धन वितरण गरेको थिएन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline