काठमाडौ ११ असोज ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतले नेपालमाथि गरेको हस्तक्षेप विरुद्धमा आजबाट संघर्षका कार्यक्रम थाल्ने भएका छन् ।
नेपाल माथि अघोषित रुपमा नाकाबन्दी गरेर भारतले नेपालको आन्तरिक मामिलामा अनाश्यक हस्तक्षेप गरेको भन्दै संघर्षमा उत्रिएको सो पार्टीले जनाएको छ ।
संघर्षको कार्यक्रम अन्तरगत माओवादीले आजबाट भारतीय नम्बर प्लेटको गाडी नेपाल प्रवेशमा रोक लगाउने, भारतीय चलचित्रहरु नेपालमा चल्न नदिने तथा भारतीय च्यानल प्रशारणमा पनि रोक लगाउने भएका छन् ।
यस्तै भारतीय पक्षले सिमामा गरेको अवरोधपछि वैकल्पिक आपुर्तिका लागि तुरुन्तै पहल गर्न पनि नेकपा माओवादीले सरकार संग माग गरेको छ ।
कृतिम अभावको सिर्जना गरि कालोबजारी गर्नेलाई निरुत्साहित गरि आपुर्तिलाई सहज पार्ने कार्यमा आफुहरु लाग्ने नेकपा माओवादीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline