सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिता आजबाट सुरु

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिता आजबाट सुरु

  • सोमवार, अशोज ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, ११ असोज ।
सूर्य नेपाल गल्फ टुर २०१५/१६ अन्तर्गतको पहिलो प्रतियोगिताको रुपमा आजबाट सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिता सुरु हुदैछ ।

गोकर्ण फरेष्ट गल्फ कोर्समा हुने प्रतियोगितामा साविक विजेता शिवराम श्रेष्ठ सहितका शीर्ष खेलाडीहरु उपाधिका लागि भिड्दैछन् ।

सिजनको पहिलो प्रतियोगिताको रुपमा सुर्य नेपाल मास्टर्स आयोजना हुँदै आए पनि यसपटक भुकम्पले उक्त प्रतियोगिता प्रभावित भएपछि यो नै पहिलो प्रतियोगिता बनेको छ ।

गत बैशाखमा तय भएको सूर्य नेपाल मास्टर्स भुकम्पको कारण स्थगित गरिएपछि सेन्ट्रल ओपनलाई टुरको पहिलो प्रतियोगिता बनाइएको हो ।

अघिल्लो सिजनको टुरमा सुर्य नेपाल मास्टर्ससहित कुल ८ प्रतियोगिता भएका थिए ।

यसपटक कम्तिमा ७ प्रतियोगिता निश्चित भएकाले अन्य केही प्रतियोगिता थप्न प्रयास गर्ने टुरको आयोजक नेपाल व्यावसायिक गल्फर्स संघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी