काठमाडौ ११ असोज ।
सप्तरीको सीतापुरमा करेन्ट लागेर एक जना वृद्धाको मृत्यु भएको छ ।
जिल्लाको सीतापुर ५ मा धान खेतमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर स्थानीय ५५ वर्षीय रामनारायण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले बताउनुभयो ।
चौधरीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline