राष्ट्रिय लिग फुटबल – थ्रीस्टार विजयी

राष्ट्रिय लिग फुटबल – थ्रीस्टार विजयी

  • आइतवार, अशोज १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, १० असोज ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भएको राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको सो प्रतियोगितामा थ्रीस्टारले मोफसलको टोली सुदुरपश्चिमाञ्चल फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

यस जितसँगै २२ अङ्क जोडेको थ्रीस्टार लिगको पहिलो स्थानमा उक्लिएको छ तर त्यो लामो समयसम्म टिक्नको लागि भने झापा फुटबल क्लब र नेपाल प्रहरी क्लबबीचको खेलको नतिजामा भर पर्नेछ ।

अहिले झापामा भइरहेको खेलमा घरेलु टोली झापा क्लबले प्रतियोगितामा हार बेहोरेमात्र थ्रिस्टार लिगको शीर्ष स्थानमा रहनेछ अन्यथा लिगको दोस्रो स्थानमा हुनेछ ।

त्यस्तै, सुदुरपश्चिमाञ्चल भने १४ अङ्कका साथ लिगको छैटौँ स्थानमा छ । झापाको जारी लिगमा २१ अङ्क छ । यदि झापाले विजय हासिल गरेको खण्डमा २४ अङ्कका साथ लिगको शीर्ष स्थानमा रहनेछ ।

थ्रीस्टारको जीतमा विदेशी खेलाडी ओलाव नायक बने । उनले खेलको पहिलो हाफको १४औँ मिनेटमा गरेको एक गोल नै थ्रीस्टारका लागि निर्णायक गोल सावित भयो ।

खेलको निर्धा्रित समयसम्म गोल फर्काउन निकै प्रयासरत सुदुरपश्चिमाञ्चल अन्ततः हार बेहोर्न बाध्य बन्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी