क्रान्तीकारी पत्रकार संगठन नेपालको अध्यक्षमा प्रभात चलाउने निर्बाचित

क्रान्तीकारी पत्रकार संगठन नेपालको अध्यक्षमा प्रभात चलाउने निर्बाचित

  • आइतवार, अशोज १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,१० असोज ।

क्रान्तीकारी पत्रकार संगठन नेपालको अध्यक्षमा प्रभात चलाउन निर्बाचित हुनुभएको छ ।

मकवानपूरको हेटौडामा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले चलाउनेलाई अध्यक्षमा निर्बाचित गरेको हो । संगठनको महासचिबमा प्रज्जवल क्षेष्ठलाई चयन हुनुभएको छ ।

सम्मेलनले ५१ सदस्यीय केन्द्रीय समिति पनि चयन गरेको छ । जसको उपाध्यक्षमा दिपेन्द्र रावल, महासचिवमा प्रज्वल श्रेष्ठ र सचिवमा शोभाखर पन्थीलाई निर्वाचित हुनुभएको छ । सम्मेलनपछि बोल्दै अध्यक्ष चलाउनेले जनपक्षिय पत्रकारीताको विकास र श्रमजीवी पत्रकारहरुको हितका पक्षमा सशक्त भूमिका खेल्ने बताउनु भयो ।

उहाले नेपालमा अहिले वैदेशिक हस्तक्षेप चर्को रुपमा बढिरहेको बताउँदै त्यसका विरुद्ध सचेत प्रचारात्मक अभियान थाल्ने, श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्नका लागि दबाब दिने र श्रमजीवी पत्रकारहरुको उच्च पारिश्रमिकका लागि संघर्ष गर्ने बताउनु भयो ।

हेटौडामा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले विधान, नीति तथा कार्यक्रम र समसायिक प्रस्ताव पनि पारित गरेको छ । सम्मेलनमा देशभरबाट २०० भन्दा बढी क्रान्तीकारी पत्रकारहरु सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी