काठमाडौ १० असोज ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतले नेपालमाथि गरेको हस्तक्षेप विरुद्धमा संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
पार्टीका तर्फबाट आज एक विज्ञप्ति जारी गर्दै नेपाल माथि नाकाबन्दी गरेर भारतले नेपालको आन्तरिक मामिलामा अनाश्यक हस्तक्षेप गरेको भन्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
संघर्षको कार्यक्रम अन्तरगत माओवादीले भोलिदेखि भारतीय नम्बर प्लेटको गाडी नेपाल प्रवेशमा रोक लगाउनुको साथै भारतीय चलचित्र र च्यानल प्रशारणमा पनि रोक लगाउने घोषणा गरेको छ ।
भारतको अवरोधपछि वैकल्पिक आपुर्तिका लागि तुरुन्तै पहल गर्न पनि नेकपा माओवादीले सरकार संग माग गरेको छ ।
कृतिम अभावको सिर्जना गरि कालोबजारी गर्नेलाई निरुत्साहित गरि आपुर्तिलाई सहज पार्ने कार्यमा आफुहरु लाग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline