उद्योग वाणिज्य संघद्धारा पत्रकार महासंघलाई आर्थिक सहयोग

उद्योग वाणिज्य संघद्धारा पत्रकार महासंघलाई आर्थिक सहयोग

  • आइतवार, अशोज १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ,१० असोज ।

म्याग्दी उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघलगायत विभिन्न आठवटा संघसंस्थालाई करिब रु दुई लाख ५० हजार नगद सहयोग गरेको छ ।

संको मूल आयोजनामा विसं २०७१ पुस र माघ महिनामा सञ्चालन भएको पाँचौँ म्याग्दी महोत्सवमा साधारण टिकट बिक्रीबाट प्राप्त आम्दानीबाट सो सहयोग गरेको हो ।

बेनीमा भएको २२औँ साधारणसभाको अवसरमा आठवटा सङ्घसंस्थालाई सहयोग रकम वितरण गरिएको थियो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, महिला उद्यम विकास समिति र उद्योगी व्यापारी हित कोषलाई रु ४३ हजार २६ का दरले सहयोग गरेको हो ।

यसैगरी बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, म्याग्दी सामुदायिक पुस्तकालय, अपाङ्ग सङ्घ म्याग्दी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र जिल्ला बाल कल्याण समितिलाई रु २१ हजार ५३१ का दरले सहयोग गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ