काठमाडौ १० असोज ।
संविधान निर्माण प्रक्रिया, त्यसमा पार्टीले खेलेको भूमिका सहित पछिल्लो समसामयिक राजनितिक परिस्थिति लगायतका विषयमा छलफल गर्न एकिकृत नेकपा माओवादी केन्द्रिय समितिको बैठक आज बस्दैछ ।
केन्द्रिय समिति बैठकको पूर्वसन्ध्यामा वरिष्ठ नेता डा. बाबुराम भट्टाराईले पार्टी परित्यागको घोषणा गर्नु भएपछि आजको बैठकमा सो विषयमा पनि छलफल हुने एमाओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
नेता भट्टाराईले पार्टीको साधरण सदस्य तथा व्यवस्थापिका संसदको सदस्य पदबाट समेत राजिनामा दिनुलाई एमाओवादीले अश्चार्यजनक र अस्वभाविक निर्णय भनेको छ ।
संविधानसभाबाट संविधान जारी गर्ने महत्वपूर्ण कार्यभार पुरा भएको अवस्थामा पार्टीको आगामी रणनितिबारे पनि बैठकमा छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रिय कार्यलय कोटेश्वरमा बस्नेछ ।