काठमाडौ १० असोज ।
मधेस मोर्चाको आन्दोलनका कारण ४८ दिन यता बन्द रहेका नवलपरासीको सदरमुकाम परासीसहित दक्षिणभेगका शैक्षिक संस्था र पसल, व्यवसायहरु आजबाट सञ्चालनमा आएका छन् ।
आन्दोलनरत पक्षले समय तोकेर दुई क्षेत्रलाई खुला गर्न दिएका हुन । जसमध्ये बिहान ६ बजेदेखि १० बजेसम्म शैक्षिक संस्था र साँझ ५ बजेदेखि ८ बजेसम्म बजार खोल्न दिइएको छ ।
प्रदेश सिमांकनप्रति असन्तुष्टी जनाउदै गत साउन २५ गतेबाट सुरु भएको आन्दोलनका कारण परासी सदरमुकाम सहित दक्षिण भेग ठप्प छ ।
लामो समयदेखि शिक्षण संस्था सन्चालनमा आउन नसक्दा विद्यार्थीहरुको भविष्य अन्यौल परेको भन्दै चौतर्फी आलोचना भएपछि आन्दोलरत पक्षले बिहानी सत्रमा शैक्षिक संस्था खोल्न दिएका हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline