काठमाडौ १० असोज ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलद्धारा लेस्टर सिटी ५–२ ले पराजित गरेको छ ।
खेलको १३ औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएपनि त्यसलाई लामो समय टिकाउन सकेन । १८ औं मिनेटमा थियो बालकोटले आर्सनलका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए ।
त्यसपछि सान्चेजले लगातार तीन गोल गर्दै आर्सनलको अग्रता ४–१ मा पुर्याए । ३३ औं मिनेटमा पहिलो गोल गरेका सान्चेजले ५७ औं र ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
८९ औं मिनेटमा लेस्टरका भार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ४–२ को अवस्थामा ल्याए । ९० औं मिनेटमा ओलिभर जिरउडले गोल गरेपछि आर्सनल ५–२ को जीत हात पार्न सफल भयो ।
जितसँगै सात खेलबाट १३ अंक जोडेको आर्सनल चौंथो स्थानमा उक्लिएको छ । समान सात खेलबाट १२ अंक जोडेको लेस्टर सिटी भने खेलको छैटौं स्थानमा रहेको छ ।