आजबाट देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागु

आजबाट देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागु

  • आइतवार, अशोज १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, १० असोज । 

सरकारले आजबाट देशभर सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुनेछन ।

अत्यावश्यकीय सवारी साधन बाहेक अन्य सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाका अनुसार अत्यावश्यकीय सवारीसाधनको रुपमा सुरक्षा निकायका सवारीसधान, एम्बुलेन्स, दमकल, शबवाहन, तरकारी, फोहोर बोक्ने, दुध बोक्ने, पानी बोक्ने सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू गरिएको छैन ।

यो व्यवस्थाबाट सर्वसाधारणमा पर्न जाने असरप्रति संवेदनशील हुँदै आपूर्ति सहज गराउन सरकार प्रत्यनशील रहेको र आपूर्तिमा सुधार नभएसम्मका लागि धैर्य गरी पेट्रोलियम पदार्थको उपभोगमा मितव्ययिता अपनाउन र अनावश्यकरुपमा सञ्चय नगर्न पनि सबैमा अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी