उपत्यकामा आज इन्द्र्रजात्रा मनाइदै

उपत्यकामा आज इन्द्र्रजात्रा मनाइदै

  • आइतवार, अशोज १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ १० असोज ।  

वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी काठमाडौं उपत्यकाका नेवार समुदायले आज इन्द्रजात्रा पर्व मनाउदैछन् ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा आठ दिनसम्म मनाउने गर्दछन् ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गर्ने गरिन्छ ।

किंवदन्ती अनुसार आफ्नी आमालाई बसुन्धराको व्रतनिम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई उपत्यकावासीले चोर भनी नियन्त्रणमा लिएर डोरीले पाताकसी बीच सडकमै जात्रा गरेको दिनको सम्झनामा इन्द्रजात्रा मनाउने गरेको संस्कृतिविद् हरिराम जोशीले बताउनुभयो ।

इन्द्र्रलाई बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा पुरन्दर हात्तिमा आएर कुइरो सिर्जना गरी लुकाएर काठमाडौँको दहचोकस्थित इन्द्र्रदहमा लगी स्नान गराएको किंवदन्ती रहेको संस्कृतिविद् जोशीको भनाई छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार लिच्छवी कालदेखि मनाउँदै आइएको यो जात्रामा तान्त्रिक विधिद्वारा पूजा गरिन्छ ।

इन्द्रजात्राका दिन काठमाडौँ पश्चिम भेगस्थित दहचोकको इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट पूर्णिमाको दिन स्नान गर्ने प्रचलन रही आएको छ । इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ