ग्रिनसिटी अस्पतालमा दुई बालबालिकाको निःशुल्क शल्यक्रिया

ग्रिनसिटी अस्पतालमा दुई बालबालिकाको निःशुल्क शल्यक्रिया

  • शनिबार, अशोज ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौँ, ९ असोज ।

बसुन्धरामा रहेको ग्रिनसिटी अस्पतालले दुई बालबालिकाको मुटुको निःशुल्क शल्यक्रिया गरेको छ । अस्पतालले आज एक पत्रकार सम्मेलन गरी कालीकोट जिल्ला घर भएका ११ वर्षीय टेक विश्वकर्मा र १३ वर्षीया चरित्र धमलाको मुटुको शल्यक्रिया गरेको जानकारी दिएको हो ।

शल्यक्रियामा सङ्लग्न डाक्टर अनिल भट्टराईले पछिल्लो समयमा मुटुका बिरामी बढेको बताउनुभयो । उहाँले मोटा मान्छे, बढी धुम्रपान सेवन गर्ने, नुन धेरै मात्रामा खाने मानिसलाई मुटुको रोग लाग्ने गरेको बताउनुभयो ।

शल्यक्रियामा डा भट्टराईसँगै डा विश्वास प्रधान, डा विवश श्रेष्ठ र डा आशिष अमात्य रहनुभएको सम्मेलनमा जानकारी दिइयो । अस्पतालका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले गरिबलाई मुटुको शल्यक्रिया महँगो भएकाले आफूहरुले निःशुल्क गरेको बताउनुभयो ।

नेसनल मुटु सेन्टरका कार्यकारी निर्देशक शेरबहादुर रानाले मुटु रोगबाट बर्से्नि थुप्रै मानिसले अकालमै ज्यान गुमाएको स्मरण गर्दै अब त्यस्तो नहोस् भन्नका लागि आफूहरु लागेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी