मीरा राई गोदावरी रनिङमा पनि प्रथम

मीरा राई गोदावरी रनिङमा पनि प्रथम

  • शनिबार, अशोज ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ, ९ असोज ।

केही महिनाअघि फ्रान्समा आयोजना भएको अल्ट्रा म्याराथनकी विश्व च्याम्पियन मीरा राईले दोस्रो गोदावरी रनिङ फेस्टिबल दौड प्रतियोगितामा पहिलो स्थान हात पारेकी छिन् ।

आज भएको महिलातर्फको २० किमी दौडको स्पर्धामा भोजपुर निवासी माओवादी अयोग्य लडाकु रहेकी मीराले पहिलो स्थान हात पार्न दुई घन्टा ३० मिनेटको समय खर्चेकी थिइन् । सोही समूहमा ललितपुरकी साक्षी राई र सासा प्रधानले क्रमशः दोस्रो र तेस्रोमा स्थानमा चित्त बुझाए ।

‘बेसक्याम्प आउटडोर लाइफ स्टाइल’को आयोजनामा भएको पुरुषतर्फको २० किमी दौडमा निर्धा्रित समय दुई घन्टा चार मिनेटमा पूरा गरेका ललितपुरका दिनेश महर्जन पहिलो भएका छन ।

सोही समूहमा काठमाडौँका राज प्रधान दोस्रो तथा सिन्धुपाल्चोकका माने तामाङ तेस्रो भए । दौड गोदावरी पार्कबाट सुरु भएर बिशङ्खु नारायण, कोर्ड डाँडा, चापाखर्क हुँदै पुनः गोदावरी पार्क आएर सम्पन्न भएको थियो । विजेताले सिल्ड, पदक, प्रमाणपत्र तथा पुरस्कार प्राप्त गरेका छन् ।

यसैबीच, खुला स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगिताअन्तर्गतको पुरुषमा राजनप्रसाद दुलाल र महिलामा जुना श्रेष्ठ प्रथम भएका छन् । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य नारायण पौडेल, पर्वतीय खेलकुद महासङ्घका महासचिव गोविन्द भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए ।

पर्वतीय खेलकुद महासङ्घको अग्रसरतामा पर्वतारोहण तथा रक क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन नेपाल (एमआरसीए) ले विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरेको प्रतियोगितामा ४५ पुरुष र ३२ महिला गरी ७७ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी