काठमाण्डौ,९ असोज ।
भूकम्पपछि बसोबासका लागि बनाइएको अस्थायी घरमा माथिबाट आएको ढुङ्गाले लाग्दा आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा स्याफ्रू–९ स्थायी घर भई वडा नं १ मा बसोबास गर्दै आएका ६५ वर्षीय दावा तामाङ रहेका छन् ।
बसोबासभन्दा माथिको छेयादिङ भीरबाट खसेको अन्दाजी ७०० केजीको ढुङ्गाले लाग्दा उनको मृत्यु भएको हो । तामाङको शव परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline